दलीय उम्मेदवारले आफैँलाई मत हालेनन्
काठमाडाैं | साउन १२, २०७९
काठमाडौँ : बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणाम बमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार आफैँले समेत मत नहालेको पाइएको छ । उक्त दलले प्रमुख पदमा कुनै मत पाएको छैन । अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएकामा दुवैले आठ मत ल्याएका छन् ।
आयोगका अनुसार सात दलले मात्रै देशभरि एक प्रतिशतभन्दा बढी मत ल्याएका छन् । राष्ट्रिय मान्यता प्राप्त गरेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रमुख पदमा एक प्रतिशतभन्दा बढी मत पाएको छ ।
निर्वाचन आयोगका अनुसार चुनावमा ७९ दलले उम्मेदवारी दर्ता गराएका थिए । १८ दलले मात्रै पालिकाको प्रमुख वा अध्यक्ष पद जितेका छन् तर स्थानीय तहमा स्वतन्त्रसहित २९ दलको प्रतिनिधित्व भएको छ ।
१४ वटा राजनीतिक दलका उम्मेदवारले त एक सय मतसमेत ल्याउन सकेनन् । नेपाल परिवार दलले छ पालिकाका प्रमुख र तीन पालिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । उक्त दलका छ जना प्रमुख पदका उम्मेदवारले कुल ६९ मत पाएका छन् । तीन अध्यक्ष पदका उम्मेदवारले २९ मत पाएका छन् । आयोगका अनुसार १४ राजनीतिक दलका २२ जना प्रमुख पदका उम्मेदवारले जम्मा ३५१ मत पाएका छन् ।
आठ दलका ११ जना अध्यक्ष पदका उम्मेदवारले ११५ मत ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले एक पालिकाको प्रमुखमा उम्मेदवारी दिएकोमा ती उम्मेदवारले पाँच मत मात्रै पाएका छन् । देशभक्त समाजका एक–एक जना प्रमुख र अध्यक्ष पदका उम्मेदवारले जम्मा पाँच मत पाएका छन् । देशभरि प्रमुख पदमा ६४ दलले उम्मेदवारी दिएका थिए । प्रमुख पदमा कुल ६७ लाख ९२ हजार ७६९ मत सदर भएको छ । अध्यक्ष पदमा ४४ लाख ४४ हजार ९२ मत सदर भएको छ । अध्यक्ष र प्रमुख पदमा कुल एक करोड १२ लाख ३६ हजार ८६१ मत सदर भएको छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

